बीओकेको दशैं अफर, डेबिट र क्रेडिट कार्डको प्रयोग गर्दा २०% क्यासब्याक
१५ आश्विन २०७८, शुक्रबार १३:४२
काठमाडौं । बैंक अफ काठमाण्डूले नजिकिँदै गएको दशैको अवसरमा दशै अफर सार्वजनिक गरेको छ ।
बैंकले ल्याएको उक्त दशैं अफर अन्तर्गत बैंकको कार्डबाहक ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरि आवश्यक सामान अनलाइनको माध्यमबाट खरिद गरी प्रिपेमेन्ट गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म नगद फिर्ता पाउने छ ।
साथै उक्त अफरमा विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका समान खरिद गर्न सकिने छ ।