रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत

१५ आश्विन २०७८, शुक्रबार १३:२५

काठमाडौं । बीमा समितिबाट रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङकन स्वीकृत भएको छ । बीमा समितिले यसअघि प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरिसकेको छ। उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत भएको हो ।

बीमा समितिमा स्वीकृतिका लागि पेश भएका आठ वटा कम्पनीको एक्चुरी भ्यालुएशन पाँच कम्पनीको एक्चुरी भ्यालुएशन स्वीकृत गराईसकेको छ भने बाँकि प्रकृयामा रहेको जनाएको छ।

एक्चुरी भ्यालुएशन स्वीकृत भएसँगै पाँच वटा कम्पनीहरुको बार्षिक साधारणसभा गर्ने बाटो खुलेको छ । जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएशनमा हुने ढलाईका कारण वित्तीय विवरण पारित हुने ढिलाई हुँदा बार्षिक साधारणसभा ढिलाई हुँदै आएको छ । बीमा समितिले पटक पटक बीमाङ्कीय मूल्याङ्कन समयमै गर्न निर्देशन दिएपनि स्वदेशमा एक्चुरी गर्ने दक्ष जनशक्ति नभई विदेश पठाउनु परेकोले कुनै पनि कम्पनीले समयमा बीमाङ्कीय मूल्याङ्कन सम्पन्न गर्न सकेका छैनन् ।

कम्पनीबाट मात्रै नभई बीमा समितिसँग पनि दक्ष एक्चुरी भ्यालुएशन गर्ने पर्याप्त जनशक्ति नहुँदा विदेशी एक्चुरीकै भर पर्नुपर्ने अवस्थाका कारण तयार भएर आएका एक्चुरी भ्यालुएशन स्वीकृत हुन ढिलाई हुने बाध्यता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*