मेट लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण

१५ आश्विन २०७८, शुक्रबार १३:१०

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान) मा बीमा अवधिअनुसार न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर निधारण गरेको छ ।

त्यस्तै , कम्पनीले अग्रिम भुक्तानी बीमालेख (थ्री पेमेन्ट प्लान) कम्पनीले न्यूनतम प्रति हजार ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*