एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

१५ आश्विन २०७८, शुक्रबार १०:५१

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (असोज १५ गते) अन्तिम दिन हो । कम्पनीले संस्थापक समूहको तर्फको असोज १५ गतेसम्म आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ ।

कम्पनीको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर लिलामीमा बिक्री खुल्ला गरेको हो । आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य ५३९ मा ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता न्यूनतम ४९७ मा ८४ हजार ८२९ कित्ता र सिटिजन इन्भेष्टमेन्टको प्रतिकित्ता ११९७ मा ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर असोज १५ गतेसम्मगोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा ल्याएको थियो ।

मेरो माइक्रोफाइनान्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर खरिदका लागि न्यूनतम १०० कित्ता र आरएडिसी लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदनदिनु पर्नेछ ।

आवेदनका लागि सम्पूर्ण कागजात खुलाई कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*