न्यादी हाईड्रोपावरको २२ करोड ५० लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?

१५ आश्विन २०७८, शुक्रबार ०५:५७

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज असोज १५ गते शुक्रबारदेखि २२ करोड ५० लाख रुपैयाँको आईपिओ बिक्री खुल्ला भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको उक्त प्राथमिक शेयर (आईपीओ) मा अजोज १९ गतेसम्म आवेदन दिन पाइने छ ।

कम्पनीले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपिओ मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले पाउनेछन् ।

न्यादी हाईड्रोपावरको आईपिओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लाबल आईएमई क्यापिटलले जनाएको छ ।

सो आईपिओ मेरो शेयर, एनईआसी एसिया बैंकको मोबाईल एप र सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट सजिलै आवेदन दिन सकिनेछ ।

न्यादी हाईड्रोपावरकोे आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेकोमा स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*