सनराइज बैंकको ‘सनराइज पेरोल लोन’ योजनामा ग्राहकले १ लाख स्वास्थ्य बीमा सुविधा पाउने

१५ आश्विन २०७८, शुक्रबार ०५:४७

काठमाडौं । सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ।
सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन पाउनेछन् । योजनाअनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन गरी अधिकतम रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन्।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्नेछ। उक्त कर्जा ५ वर्षसम्मका लागि प्रदान गरिनेछ। यसका साथै सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सव र दसैँका अवसर पारेर मुद्दति खातामा सर्वाधिक १० दशमलव ०७ प्रतिशतसम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*