नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्न पाउने

१५ आश्विन २०७८, शुक्रबार ०५:४५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गन पाउने भएका छन् । फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट भृुक्तानी गर्न सक्ने भएका हुन्।

जहाँ प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् र एक मर्चेन्टमा प्रदर्शित क्यूआर कोड स्क्यान गरेर लेनदेनका लागि भुक्तानी सुरु गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*