हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड
१४ आश्विन २०७८, बिहीबार १६:२२
काठमाडौं । हिमालयन बैंक लिमिटेडले अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
बैंकको संचालक समितिको असोज १३ गते बसेको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस अघि उनि बैंकको संचालक समितिमा रहि कार्य गर्दै आइरहेका थिए ।