३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए गुमाए ?

१४ आश्विन २०७८, बिहीबार १५:१८

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सुचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.५१ अकंले घट्दा कारोबार ३ अर्ब ७० करोडमा सिमित भएको हो ।

आज नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युतको शेयरमा सकात्मक सर्किट लागेको छ । साथै रुरु जलविद्युत परियोजनाको ६.०५ प्रतिशत अकं र सिभिल लघुवित्तको ५.२९ प्रतिशत अकंले वृद्धि भएको हो ।


त्यस्तै, गुडवील फाइनान्सको ६.८६ प्रतिशत अकं, प्रिमियर इन्स्योरेन्सको ६.२९ प्रतिशत अकं, हिमालयन पावर पार्टनरको ६.२२ प्रतिशत अकं, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.६३ प्रतिशत अकं र अरुण हाईड्रोपावरको ५.५३ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*