२० निर्जिवन बीमा कम्पनीलाई कृषि बीमा प्रभावकारी बनाउन बीमा समितिको कडा निर्देशन

१४ आश्विन २०७८, बिहीबार १४:३३

काठमाडाैं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीहरूलाई कृषि बीमा प्रभावकारी बनाउन निर्देशन दिएकाे छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले सरकारले अनिवार्य गरेकाे कृषि बीमा नतिजामुखी र प्रभावकारी बनाउन सबै बीमा कम्पनीमा प्रमुख कार्यकारी प्रमुखहरूलाई आज निर्देशन दिएका हुन् ।

बीमा समितिका निर्देशक सुशील देव सुवेदी सहितका अधिकारीहरूकाे उपस्थितिमा बीमा समिति निर्देशन दिएकाे हाे । समितिले कृषि बीमाकाे बारेमा गरिएकाे अनुगमनकाे क्रममा बीमा कम्पनीहरूका सम्बन्धमा प्राप्त गुनासाेकाे आधारमा सबै कम्पनीहरूलाई बाेलाएर छलफल गरेकाे हाे । साे क्रममा सबै बीमा कम्पनीका सिईओहरूले कृषिबीमा आम जनताकाे पहुँच बृद्दि गरि अझै प्रभावकारी बनाउने प्रतिबद्दता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*