स्मार्टडोकोले ल्यायो दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’

१४ आश्विन २०७८, बिहीबार १४:०६

काठमाडौं । दशैंको अवसरलाई लक्षित गर्दै स्मार्टडोकोले स्मार्ट दशैं अफर ल्याएको छ । दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयासम्मको आकर्षक उपहार समेत जित्ने सक्ने योजना सार्वजनिक गरेको हो ।

स्मार्टडोकोलेका ग्राहकहरुले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (७५० रुपैया), बैंक अफ काठमाडौं डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (१ हजार ५ सय रुपैया) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (२१० रुपैया) पाउनेछन् ।

साथै, सामान खरिद गर्दा दैनिक डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, बेबी ट्रि गिफ्ट भाउचर, गोल्डस्टार जी १० जुत्ता लगायतका विभिन्न उपहार समेत पाउनेछन् । स्मार्टडोकोले दशैंका अवसरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयरमा अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत ब्यवस्था रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*