मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, करिब २ महिनामा १ हजार लगानीबाट २१ हजार रुपैयाँ

१४ आश्विन २०७८, बिहीबार ११:४०

काठमाडौं । करिब २ महिनाको अन्तरालमा मनकामना स्मार्ट लघुवित्तको शेयरमा १ हजार लगानी गर्नेले अब २१ हजार १९० रुपैयाँ पाउने भएका छन् ।

साउन १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर सुरुवाती दिनमा तटस्थ रहेतापनि पछिल्लो केही दिनयता लगातार सर्किट लागेको छ ।

आज पनि पूँजी बजार खुलेको केही समयमा नै लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म अघिल्लो कारोबार दिनको तुलनामा लघुवित्तको शेयर १० प्रतिशतले बढेर २११९ रुपैयाँ ७० पैसा पुगेको छ । जसअनुसार करिब डेढ महिनामा उक्त कम्पनीको शेयर प्राप्त गर्नेहरुले २१ हजार रुपैयाँ पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*