एचआइडिसीएलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

१४ आश्विन २०७८, बिहीबार ११:१८

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्टल एण्ड डेभलपमेण्ट कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज (असोज १४ गते) अन्तिम दिन रहेको छ ।

कम्मनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा बिक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य १०० रुपैया तोकिएको हुदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीले साउन ५ गते देखि भदौ ८ गतेसम्म शतप्रतिशशत हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक वा जो कोही ब्यक्ति तथा संघ संस्थाले संस्थापक तर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिनसक्ने छन् भने अधिकतम शेयर सख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*