सिन्धु विकास बैंकको का.मु. सिइओको जिम्मेवारी राम कुमार गिरीलाई

१४ आश्विन २०७८, बिहीबार ११:१३

काठमाडौं । सिन्धु विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम कुमार गिरीलाई दिएको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा अर्को सिइओ व्यवस्था नभएकोसम्मको लागि उक्त पदको जिम्मेवारी गिरीलाई दिएको जनाएको हो ।

यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार जोशीले आफ्नो व्यक्तिगत कारण खुलाई उक्त पदबाट राजीनामा दिएका थिए ।

कम्पनीको संचालक समितिको असोज १३ गते बसेको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी जोशीको राजीनामा स्वीकृत गरी अर्को सिइओ व्यवस्था नभएसम्मको लाग का.मु. सिइओमा गिरीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*