प्रभु बैंकको लिलामी शेयरमा असोज १७ गतेदेखि आवेदन खुल्ला

१४ आश्विन २०७८, बिहीबार १०:५१

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले असोज १७ गतेदेखि संस्थापक समूह तर्फको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले उक्त लिलामी शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको हुँदा आवेदन दिँदा तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोेल गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी असोज २५ गतेसम्म आवश्यक कागजात सहित प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधि भित्र प्राप्त आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलमा कात्र्तिक १ गते बिहान ११ बजे खोल्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*