बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१४ आश्विन २०७८, बिहीबार ०८:१५

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आठ करोड रुपैयाँ बराबरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते) अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेकोमा कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि वितरण गरी सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ता आईपिओ वितवरण गर्ने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज बेलुका ५ बजेसम्ममा उक्त आईपिओमा आवेदन दिन पाइनेछ । आवेदन दिनको लागि मेयर शेयर तथा सिआस्बा सदस्यता लिएका बैंकमार्फत आवेदन दिन सकिने छ ।

आइपीओमा १५ लाख ९० हजार ४१८ जना आवेदकले २ करोड ३ लाख ७ हजार २२० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*