नेपाल फाइनान्सको हकप्रद शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त
१३ आश्विन २०७८, बुधबार १८:४२
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेको छ ।
फाइनान्सले हाल कायम चुक्ता पूँजी रु. ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो । १ कित्ता बराबर ०.७० कित्ता हकप्रद निश्कासन गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।