बीमा समितिलाई कोरोना बीमाको बिषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

१३ आश्विन २०७८, बुधबार १७:४७

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिलाई कोरोना बीमाको बिषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन दिएका छन् ।

विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन्।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*