आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता

१३ आश्विन २०७८, बुधबार १६:४२

काठमाडौं । आइएमई गु्रपद्धारा संचालित आइएमई पे र नियोटेरिक नेपालबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसनका ब्यापार तथा सहकार्य ब्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अुनसार दशै तिहार लक्षित गरी असोज ११ गतेदेखि कात्तिक २० गतेसम्म दशै क्याम्पियन सुरु भएको छ । उक्त क्यापियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको १ नम्बर ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुटका साथसाथै फ्रि डेलिभरीको पनि ब्यवस्था रहेको छ ।

साथै १ महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली १ जना विजेताले ल्यापटप जित्ने र वान प्लस फोन खरिद गर्दा हाइ फ्युचर इअरवर्ड सित्तैमा पाउन सकिने नियोटेरिकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*