४ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?

१३ आश्विन २०७८, बुधबार १५:२८

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ ।

आज अपी पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त र यूनाइटेड इदी मार्दी आरबि हाईड्रापावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, कालिका पावरको ९.५० प्रतिशत अकं र हिमालयन उर्जा विकासको ९.४९ प्रतिशत अकंले बढेको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा मेगा बैंकको ३.९२ प्रतिशत अकं, प्राइम डिबेञ्चरको ३.८९ प्रतिशत अकं, यूनिलिभर नेपालको ३.०९ प्रतिशत अकं, एग्रिकल्चर बैंक डिबेञ्चरको २ प्रतिशत अकं र एनआईसी एशिया डिबेञ्चरको १.७९ प्रतिशत अकंले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*