एनआइसी एशिया क्यापिटलले ल्यायो ‘महा–शेयर लगानी महोत्सव’ योजना, शेयर बजारमा विशेष छुटका साथै ५ लाख सम्मको दुर्घटना बीमा

१३ आश्विन २०७८, बुधबार १३:४६

काठमाडौं । एनआइसी एशिया क्यापिटलले नेपालीहरुको महानपर्वको अवसरमा ‘महा–शेयर लगानी महोत्वस’ योजना ल्याएको छ । चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै क्यापिटलले महा–शेयर लगानी महोत्वस योजना ल्याएको हो ।

क्यापिटलले छुटैछुटको बहार, हर्षले मनाऔं दशैं तिहार भन्ने नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो । धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणलाई एकमुष्ट लगानी गर्ने गरी योजना सार्वजनिक गरेको हो ।

साथै यस योजनाअन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले उत्कृष्ट सेवाहरु निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।
यस योजनामा सहभागी हुने सेवाग्राहीहरुलाई शेयर बजारसम्बन्धी ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गरिनेछ । जसले गर्दा बजारमा आउने उतारचढावबाट सेवाग्राहीले उचित लाभ लिन सक्नेछन् ।

यस योजनामा सहभागी हुनको लागि एनआइसी एशिया क्यापिटलको वेबसाइट https://nicasiacapital.com/ वा https://portfolio.nicasiacapital.com/ सोझै मा क्लिक गरी रितपूर्वक विवरण भरी उक्त योजनामा सहभागी हुन सकिनेछ । यस योजना छुट कात्तिक मसान्तसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
साथै उक्त योजना सम्बन्धि थप जानकारीको लागि ९८५१२७३१४९ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

महा–शेयर लगानी महोत्सव योजनाका विशेष छुटहरु :
• पहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा
• वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने
• दोस्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने
• एउटै परिवारका ३ जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता
• लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आइपीओ आवेदन गरिदिने सेवा
• ३ लाख रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा
• लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इनकम ग्यारेन्टेड फण्डलाई एकमुष्ट गरेर समेत सेवा प्राप्त गर्ने
• एनआइसी एशिया क्यापिटलले बजारमा आउने उतारचढावलाई मध्यनजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान सेवा प्रदान गर्ने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*