एशियन लाइफद्धारा ७ लाख १८ हजार बीमा दाबी भुक्तानी

१३ आश्विन २०७८, बुधबार १२:०७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमा दाबी वापतको ७ लाख १८ हजार १८७ रुपैयाँ बीमितको परिवारलाई भुक्तानी गरेको हो ।

कम्पनीले गोकर्णेश्वर नगरपालिका ६ की बिमला योङगाको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बीमितको बसोबास रहेको स्थानमा एक कार्यक्रमको आयोजना गरी कम्पनीका सहायक महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख लोक राज जोशीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

कोरोना संक्रमणका कारण मृत्यु भएको बीमित योङगाको श्रीमान्लाई कम्पनीको चाबहिल शाखाका प्रबन्धक अशोक गिरीले चेक प्रदान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*