मध्ये भोटेकोशीले असोज २० गतेदेखि आइपीओ निष्काशन गर्ने

१३ आश्विन २०७८, बुधबार ११:४६

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

यस असोज महिनामा मात्र चारवटा हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन भएको र हुनेछन् । साहज उर्जा र बुद्धभूमिले आइपीअ‍ो निष्काशन गरिसकेको छ भने असोज १५ गतेदेखि न्यादी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

भर्खरै मात्रै स्थाानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड समेत सम्पन्न गरको मध्य भोटेकोशी हाइड्रोपावरले पनि सर्वसाधारणका लागि असोज २० गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कम्पनीका कर्मचारीका लागि छुट्टयाइएको छ भने ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार सामुहिक लगानी कोषहरुलाई र बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

उक्त आइपीओमा असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । पछिल्लो समय आवेदनको संख्या हेर्दा १० कित्ताका लागि आवेदन दिँदा नै उपयुक्त देखिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा रुपमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*