सुनको मूल्य १०० रुपैयाँले घट्दा चाँदी स्थिर

१३ आश्विन २०७८, बुधबार ११:३३

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार ३०० रुपैयाँले बढेको सुन आज तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन भने छापावाला सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, मंगलबार १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी स्थिर भई आज पनि सोही मूल्यमा नै खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*