सनराइज बैंकद्धारा संस्कृत माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप सहयोग

१३ आश्विन २०७८, बुधबार ११:२३

काठमाडौं । सनराइज बैंकले आफ्ना १४ औं बार्षिक उत्सवको अवसर पारि दरबार हाई स्कूल अन्तर्गत संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप खरिद गर्न जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयोेग गरेको छ ।

उक्त रकम बैंकका प्रमुुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव राजको उपस्थितीमा जोन्ता क्लबका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्कृत माध्यमिकका शिक्षकहरुलाई उक्त रकमले प्राविधिक शिक्षा सम्बन्धी तालिम प्रदान गर्नमा पनि ठूलो सहयोग हुने विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*