सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय

१३ आश्विन २०७८, बुधबार ११:१७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो ।

बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज ८ गते बसेको संचालक समितिको बैंठककले कायम चूक्तापूँजीकोे १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकको हालको चुक्तापूँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ ।

चूक्तापूँजीको आधारमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पश्चात बैंकले आगामी साधारण सभाले पारित गरे पछि उक्त लाभांश शेयरधनीहरुलाई वितरण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*