नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१३ आश्विन २०७८, बुधबार ११:०८

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको ।

संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकिंत गरी बोलपत्र पेश गर्नुुपर्ने छ ।

संस्थापक शेयर खरिद गर्न चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी वा जोे कोही व्यक्ति तथा संघ संस्थाले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्र्ण कित्ताका लागि बिक्री प्रबन्धक आरविवि मर्चेन्ट लिमिटेड टेकु काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

संस्थाको बिक्री प्रबन्धकका रुपमा आरविवि मर्चेन्ट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*