सानिमा इक्विटी र लार्ज क्याप फण्डको लाभांश असोज १७ गतेदेखि हितग्राही खातामा

१३ आश्विन २०७८, बुधबार १०:१७

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने भएको छ ।

यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत (कर सहित र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न लागेको हो ।

उक्त दुई योजनाको नगद लाभांश अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा असोज १७ गते आइतबारदेखि लाग्ने कर कट्टा गरी आइपीएस मार्फत जम्मा गरिने जनाएको छ ।

साथै कम्पनीले हालसम्म हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरुले सानिमा लिमिटेड क्यापिटलमा सम्पर्क गरी आफ्नो खाता नम्बर अद्यावधि गर्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*