प्रहरीद्धारा बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्री पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फरार खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मंगलवार काठमाडौंको कपनस्थित बालुवाखानीबाट पक्राउ गरेको हो ।
खोटाङ निवासी हाल कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको जनाएको छ।