एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था

१३ आश्विन २०७८, बुधबार ०८:०२

काठमाडौं । भदौ मसान्तसम्ममा एनएमबी म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।
एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक गरेका हुन् । जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा दुवै फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ।

योसँगै भदौ मसान्तसम्म एनएमबि फिफ्टीको न्याभ १६ दशमलव ०४ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ २० दशमलव ४२ रुपैयाँ रहेको थियो।
यो फन्डअन्तर्गत भदौसम्म १ अर्ब ३५ करोड रुपैयाँ बढी सूचीकृत सेयरमा लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड ६४ लाख रुपैयाँ र ऋणपत्र तथा बोन्डमा १६ करोड ६८ लाख रुपैयाँ लगानी रहेको छ।

One thought on “एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था

  1. Hasta says:

    Hasta subedi

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*