चाडपर्वको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पीओएस कारोबारमा १५ प्रतिशत क्यास ब्याक अफर
१२ आश्विन २०७८, मंगलवार १८:३९
काठमाडौं । नजिकिदै गएको दशै, तिहार र छठको अवसर पारी राष्ट्रिय वाणिज्य बैंकले पीओएसको माध्यमबाट कारोबार गर्दा १५ प्रतिशत क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।
बैंकले प्रतिकारोबार १ हजार रुपैया वा सो भन्दा माथिको कारोबार गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । पीओएसको माध्यमबाट बैंकको कार्डबाट कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा उक्त क्यास ब्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत वा ७५० रुपैया र ११ पटकदेखि १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत वा १ हजार रुपैया क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।