बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनमा १९ गुणाको आवेदन

१२ आश्विन २०७८, मंगलवार १७:५३

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।
जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*