बीमा समितिद्धारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिमका लागि प्रशिक्षक माग, कहिलेसम्म दिने आवेदन?

१२ आश्विन २०७८, मंगलवार १७:४९

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी प्रशिक्षक माग गरेको छ। बीमा समितिले बनस्पति, पशुपन्छी तथा बन सम्बन्धी बिषयमा कम्तीमा स्नातक तह उत्र्तिर्ण, कृषि तथा पशुपन्छिसंग सम्बन्धित सरकारी, सार्वजनिक निकाय, एनजिओ र आईएनजिओमा कार्य वा विद्यालय, विश्वविद्यालयमा सम्बन्धित बिषयमा कम्तीमा ५ बर्ष काम गरेको विज्ञ हुुनुपर्ने छ । साथै,सम्बन्धित विषयमा योग्यता प्राप्त गरी बीमा कम्पनीमा अधिकृत स्तरमा कम्तीमा ५ बर्षको कार्य अनुभव हुनुपर्छ ।

योग्यता पुगेका इच्छुक विज्ञहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उल्लेखित इमेलमा आफ्नो विवरण स्पष्ट पार्न आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*