एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१२ आश्विन २०७८, मंगलवार १७:२७

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयका लागि ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतकका लागि १ जना, सहायक महाप्रबन्धकका लागि १ जना र बरिष्ठ प्रबन्धकका लागि १ जना कर्मचारी माग गरेको हो । सो पदका लागि ब्यवस्थापन, अर्थशास्त्र बिषयमा स्नातकोत्तर वा सिए स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

३० बर्ष पुरा भइ ४५ बर्ष ननागेका योग्यता पुगेका इच्छुक व्यक्तिले असोज २० गतेसम्म आवश्यक कागजात संकलन गरि संस्थाको वेबसाइटबाट अनलाईद दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*