एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न

१२ आश्विन २०७८, मंगलवार १७:१८

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, बीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्व, बैंकको प्रकार, डिजिटलाईजेशन लगायतका विषयमा भिडियो तथा दृश्य सामाग्री प्रस्तुत गरेको थियो ।

साथै संस्थाले स्थानीय युवा, युवाक्लब, महिला, नेपाल प्रहरी र बजार व्यवस्थापन समितिको सहभागीतामा ‘सफा, स्वच्छ तथा सुन्दर अमर दह’को नारासहित अमरदह बजारमा सरसफाई कार्यक्रम समेत गरेको हो । उक्त कार्यक्रममा करिब १ सय जना स्थानीयको सहभागीता रहेको सस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*