पाँच कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा

१२ आश्विन २०७८, मंगलवार १७:०७

काठमाडौं । बीमा समितिबाट पाँच वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफ र मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत भएको हो ।

बीमा समितिमा स्वीकृतिका लागि पेश भएका आठ वटा कम्पनीको एक्चुरी भ्यालुएशन मध्ये पाँच वटा कम्पनीको स्वीकृत भएको हो । बाँकी तीन वटाको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत हुने प्रक्रियामा रहेको छ । बीमा समितिका अनुसार नेपाल लाइफ, प्रभु लाइफ र एशियन लाइफको एक्चुरी भ्यालुएशन अन्तिम स्वीकृत हुन बाँकी छ ।

एक्चुरी भ्यालुएशन स्वीकृत भएसँगै पाँचवटा कम्पनीहरुको बार्षिक साधारणसभा गर्ने बाटो खुलेको छ । पाँच कम्पनीमध्ये चार कम्पनीहरुले भने नयाँ बोनसदर समेत घोषणा गरिसकेका छन् । मेट लाइफले पनि गर्ने तयारी गरिररहेको कम्पनीका सिईओ निर्मल काजी श्रेष्ठले बताए ।

जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएशनमा हुने ढलाईका कारण वित्तीय विवरण पारित हुने ढिलाई हुँदा बार्षिक साधारणसभा ढिलाई हुँदै आएको छ । बीमा समितिले पटक पटक बीमाङ्कीय मूल्याङ्कन समयमै गर्न निर्देशन दिएपनि स्वदेशमा एक्चुरी गर्ने दक्ष जनशक्ति नभई विदेश पठाउनु परेकोले कुनै पनि कम्पनीले समयमा बीमाङ्कीय मूल्याङ्कन सम्पन्न गर्न सकेका छैनन् ।

कम्पनीबाट मात्रै नभई बीमा समितिसँग पनि दक्ष एक्चुरी भ्यालुएशन गर्ने पर्याप्त जनशक्ति नहुँदा विदेशी एक्चुरीकै भर पर्नुपर्ने अवस्थाका कारण तयार भएर आएका एक्चुरी भ्यालुएशन स्वीकृत हुन ढिलाई हुने बाध्यता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*