नेपाल महिला चेम्बरद्धारा ‘दशैं तिहार व्यापार मेला २०२१’ आयोजना

१२ आश्विन २०७८, मंगलवार १७:०५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले ‘दशैं तिहार व्यापार मेला २०२१’ को आयोेजना गर्ने भएको छ । स्वदेशी मै उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुको प्रवद्र्धनको लागि उक्त मेला आयोजना गर्न लागेको हो ।

उक्त मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्नेछन् । चेम्बरले स्वदेश मै उत्पादन भएका कृृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य बस्तुहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।

उक्त मेला भोली (असोज १३ गते) बिहान १० बजेदेखि सांझ ६ बजेसम्म सिटि सेन्टर कमलपोखरी काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*