थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मूत्यु

१२ आश्विन २०७८, मंगलवार १६:५५

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजारर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ११ हजार ६७२ जनामा पीसीआर गर्दा ९०४ जना र २ हजार ३३१ जनामा एन्टिजन परीक्षण गर्दा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमितको मूत्यु भएको छ भने १ हजार ३१८ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार ४२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*