वाणिज्य बैंकहरुले कर्जा एकसातामा ३१ अर्ब रुपैयाँले बढ्यो

१२ आश्विन २०७८, मंगलवार १६:५१

काठमाडौं । चाडपर्वको माहोल सिर्जना सुरु भएसँगै असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाउन सफल भएको छ ।

एकसातामा ३१ अर्बले कर्जा बढेपनि निक्षेपमा भने सुधार आएको देखिदैन । राष्ट्र बैंकले जारी गरेको एक सातामा ९ अर्ब रुपैयाँले मात्र निक्षेप बढेको छ ।असोज ८ सम्म वाणिज्य बैंकमा ४० खर्ब २१ अर्ब स्वदेशी मुद्रामा तथा विदेशी मुद्रामा १ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

त्यस्तै, कर्जा ३७ खर्ब ५१ अर्ब स्वदेशी मुद्रामा र विदेशी मुद्रामा १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको औसतमा कर्जा निक्षेप अनुपात ८८.३९ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*