सानिमा क्यापिटलले डाक्यो छैठौं सभा, २५% लाभांश प्रस्ताव पारित गर्ने

१२ आश्विन २०७८, मंगलवार १६:१०

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको भदौ २३ गते बसेको बैठकले सभा असोज १५ गते गर्ने भएको हो ।

कम्पनीले सभा अपरान्ह १ बजे सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा गर्ने निर्णय गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्तापूँजीको २५ प्रतिशतले हुने रकम ६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र आव २०७८।०७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*