साताको तेस्रो दिन पनि ७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सिमित

१२ आश्विन २०७८, मंगलवार १५:२४

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा निराशाजनक देखिएको छ । आज पनि नेप्से परिसूचक ७० अंकले घटेर २६१५ दशमलव ४० विन्दु कायम भएको छ ।

नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार पनि नेप्सेमा उच्च अंकको गिरावट आउँदा कारोबार ५ अर्बमा नै सिमित हुन पुगेको छ । नेप्सेमा रहेको १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक प्रतिशतका आधारमा फाइनान्स समूह र रुपैयाँका आधारमा जीवन बीमा र निर्जीबन बीमा समूहको उच्च अंकले घटेको छ ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा भने कुमारी बैंक लिमिटेड रहेको छ । कम्पनीले आज लाभांश घोषणा गरेसँगै एकैदिन १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज मैलुङ खोला र मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लाग्दा ५ वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*