कुमारी बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१२ आश्विन २०७८, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार पनि नेप्सेमा उच्च अंकको गिरावट आउँदा कारोबार ५ अर्बमा नै सिमित हुन पुगेको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा भने कुमारी बैंक लिमिटेड रहेको छ । कम्पनीले आज लाभांश घोषणा गरेसँगै एकैदिन १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालनय डिस्टीलरीको १७ करोड ३८ लाख, नेशनल हाइड्रोपावरको १५ करोड ४८ लाख, आइसिएफसि फाइनान्सको १५ करोड ३७ लाख र एनआइसी एशिया बैंकको १४ करोड ५४ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*