रिज लाईन इनर्जीले २० करोड बढीको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

१२ आश्विन २०७८, मंगलवार १४:३९

काठडमाडौं । रिज लाईन ईनर्जीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिने शेयर बिक्री प्रबन्धकमा रुपमा प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा रिज लाइन इनर्जीका तर्फबाट बसन्त गिरी र प्रभु क्यापिटका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा आज हस्ताक्षर गरेका हुन् ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

कम्पनीले जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*