भृकुटीमण्डपमा जारी यामाहा मेलामा बीएस ६ एमटी १५ मोडलको बाइक सार्वजनिक

१२ आश्विन २०७८, मंगलवार १४:३१

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डमा ‘यामाहा महा एक्सचेन्ज मेला’ सुरु गरेको छ । यामाहाको आधिकारीक विक्रेताका रुपमा रहेको एमएडल्लू इन्टरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ नाम लिएर असोज ८ गतेदेखि १५ गतेसम्म संचालन गरिरहेको छ ।

उक्त मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर ल्याएर एक्सचेन्ज गर्नेलाई १० हजार थप मूल्यांकन दिने घोषण गरिएको छ । एक्सचेन्ज मेलामा टेष्ट ड्राइभमा सहभागि मध्येबाट रहेक दिन एक जनालाई सुनको सिक्का उपहार दिने कम्पनीले जनाएको छ ।

साथै, रेस फर दि एस स्कीम अन्तर्गत स्क््रयाचकार्ड मार्फत ८ हजारदेखि १ लाखसम्म नगद छुट, हरेक हप्ता १ जनालाई ४ तोला सुन र बम्परमा ३ जनालाई ४ तोला सुन दिने स्कीम संचालन गरिरहेको छ ।

त्यस्तै, उक्त एक्सचेन्ज मेलामा मोटरसाइकल किन्नेहरुलाई निःशुल्क एशोसरीज र जुनसुकै ब्राण्डको मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने छ । कम्पनीले यामाहा बीएस ६ एमटी १५ भर्सनको असोज ८ गते बुकिङ खुल्ला गरेको थियो भने र यामाहा बीएस ६ एमटी १५ भर्सनको नयाँ कलरको बुकिङ खुल्ला असोज ११ गते सार्वजनिक गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*