लुम्बिनी विकास बैंकका ग्राहकहरुलाई कुटी रिर्सोटमा २५% छुट

१२ आश्विन २०७८, मंगलवार १३:५६

काठमाडौं । लुम्बिनी विकास बैंक र कुटी रिसोर्ट प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई पोखराको लेकसाइडमा रहेको उक्त रिर्सोटमा विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनका लागि दुईपक्षबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटी रिर्सोटका तर्फबाट मेनेजिङ डाइरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुलाई कुटी रिर्सोटका विभिन्न सेवा सुविधामा २५ प्रतिशत सम्म छु्ट प्रदान गर्नेछ । कुटी रिर्सोटमा बैंकका ग्राहकहरुले अब खाना तथा बस्न, ब्यायम तथा क्लब, स्विमिङ पुल र स्पामा सो प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*