आइएमई पे ले ल्यायो ‘दशैंको झट्का ५०% फिर्ता’ अफर

१२ आश्विन २०७८, मंगलवार १३:०९

काठमाडौं । नेपालको प्रचलित विद्युतीय भुक्तानी माध्यम ‘आइएमई पे’ ले ‘दशैंको झट्का ५०% फिर्ता’ स्किम सार्वजनिक गरेको छ ।

आइएमई गु्रपद्धारा संचालित आइएमई डिजिटल सोलुशन लिमिटेडद्धारा प्रबर्द्धित आइएमई पे ले यो अफर असोज ११ गतेदेखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजेदेखि १ घण्टाका लागि लागू गरिएको छ ।

उक्त अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशत सम्म क्यासब्याकको व्यवस्था रहेको छ । साथै क्यासब्याकको सीमा २ हजार रुपैयाँ सम्मको रहको छ भने यो अफरमात्र पहिलो १०० खरिदकर्ताका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइने कम्पनीले जनााएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*