यूनियन लाइफले दियो बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैयाँ

१२ आश्विन २०७८, मंगलवार १२:२१

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुखड शाखा कैलालीले बीमितको परिवारलाई बीमा दाबी वापतको १० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

उक्त रकम बराबरको चेक कम्पनीका ७ नं. उपप्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम प्रसाद चौधरी, एजेन्सि म्यानेजर बेद प्रसाद चौधरी र लक्ष्मण चौधरीको उपस्थितमा घोडाघोडी नगरपालिका ४ माघीका मृतक बीमितको हकवाला श्रीमति बिना चौधरीलाई हस्तान्तरण गरेको हो ।

बीमितले २०७५ फागुन २८ गते ५ लाख बीमाको वार्षिक अग्रिम भुक्तानी जीवन बीमालेख लिएका थिए । उनको गत साउन २६ गते करेन्ट लागेर मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*