मुक्तिनाथको ग्राहकलाई धुलिखेलको आगन्तुक रिर्सोटमा विशेष छुट

१२ आश्विन २०७८, मंगलवार १२:०७

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगन्तुक रिर्सोट प्रा.लि.सँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले दुई पक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात् बैंकको भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिर्सोटमा खानाका परिकार र रिर्सोटमा बस्नका लागि विशेष छुट पाउनेछन् ।

साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आबद्ध अन्य बैंकको एटिएम मेशिबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*