पहिलो दिनमै चार लाख जनाले भरे बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओ

११ आश्विन २०७८, सोमबार २२:२९

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज अर्थात असोज ११ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपिओमा पहिलो दिनमा नै साढे चार लाख भन्न्दा बढिले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा बुद्ध भूमि नेपाल हाईडड्रोपावरको आईपिओमा चार लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हजार ९४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।

सो हाईड्रोपावर कम्पनीले आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएकोमा पहिलो दिनमा माग भन्दा बढि आवेदन परेको हो । अब गोला प्रथाबाट शेयर बाँडफाँड हुनेछ ।

निष्काशन गरिने कुल शेयर आठ लाख मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी ७ लाख ४४ हजार कित्ताका शेयर सर्वसाधारणको लागि वितरण गरिनेछ ।

सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर आवेदनका लागि मेरो शेयरमार्फत अनलाईनबाट वा आस्वा सदस्य बैंकमा गएर आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*