यी हुन् आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

११ आश्विन २०७८, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९५ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ७३ अंकले घट्दा कारोबार पनि ५ अर्बमा मात्र सिमित भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज १५ करोड ४९ लाख ७१ हजार २३० रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको १२ करोड ९२ लाख, नबिल बैंकको १२ करोड ८५ लाख र नेशनल हाइड्रोपावरको ११ करोड ९८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*